काठमाण्डु, ५ वैशाख–साताको दोस्रो दिन सुनको मूल्य थप ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ५०० रुपैयाँले बढेको हो ।
बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ५०० रुपैयाँले नै बढ्दै एक लाख २ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले बढ्दै आज एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।