नेपालले किन रुसबाट ल्याउन थाल्यो सैनिक हेलिकोप्टर ?

काठमाण्डु टुडे २०७९ वैशाख ५ गते ८:०१ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुईवटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ ।

रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’ लगाइसकेका छन् । यसमा केही बिचौलिया र राज्यका पदाधिकारी लागेको आरोप छ । नेपाली सेनाले पाँच वर्षअघि नै रसियन ‘एमआई १७ भी ५’ हेलिकोप्टर भित्र्याउने तयारी गरेको थियो ।

त्यसका लागि सेनाले २०१७ डिसेम्बर २७ मा रसियाली सरकारी कम्पनी ‘रोजोबोरोन’ सँग सम्झौता गरेको थियो । सो कम्पनीका तर्फबाट काठमाडौंस्थित रसियन राजदूतावासका प्रथम सचिवले हस्ताक्षर गरेका थिए ।

नेपाली सेनाका तर्फबाट जंगी अड्डाले हस्ताक्षर गरेको स्रोतको भनाइ छ । रुसले यही कम्पनीबाट एकीकृत रूपमा सैन्य तथा सुरक्षा सामग्री निर्यातको काम गर्छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपल्ट राष्ट्रपति हुँदा यो कम्पनी खोलेका थिए । सम्झौतापछि अमेरिकाले सांकेतिक रूपमा असन्तुष्टि जनायो । अमेरिकाको असन्तुष्टिपछि नेपाली सेना हच्कियो र रुसी हेलिकोप्टर खरिद गर्ने कदमबाट पछि हट्यो । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us