काठमाण्डु, २ वैशाख– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय नगरेको स्पष्ट गरेको छ ।
सरकारका प्रवक्तासमेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई दिन बिदाको निर्णय नभएको बताए ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा कार्कीले दुई दिन बिदा दिने निर्णय बहसमा रहे पनि कुनै निर्णय नभएको स्पष्ट गरे ।
‘सातामा दुई दिन बिदा दिने विषयमा बहस छ’, कार्कीले भने, ‘निर्णय नै नभएकोले यस विषयमा धेरै कुरा भन्न मिलेन ।’
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सातामा दुई दिन बिदा दिन सकिने विकल्प अघि सारेको थियो ।