अमेरिकाबाट १० नेपाली निष्काशित

काठमाण्डु टुडे २०७८ चैत २९ गते ७:०६ मा प्रकाशित

काठमाण्डु, २९ चैत– शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ । उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए । उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन ।

अमेरिकाको अध्यागमनले गैरकानुनी रुपमा छिरेका नेपालीहरु राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुव कुमार र शंकर विष्ट मगरलाई निष्काशन गरेको हो। अमेरिकाको अध्यागमनले लुकीछिपी बस्दै आएका छिरिङ शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउतले र बिराज केसीलाई समेत निष्काशन गरेको छ।

आमागी दिनमा अमेरिका प्रवेश गर्न नपाउने गरी उनीहरुलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो ।​ निष्कासित सबैलाई अमेरिकाले विमान चार्टर गरी केही दिनअघि काठमाडौं ल्याएको हो । गल्फ स्ट्रीम जहाजको भीएन ७४० एसएसको उडानबाट अमेरिकाले उनीहरुलाई निष्काशन गरेको हो ।

उनीहरुसँग नेपालको राहदानीसमेत थिएन । अवाञ्छित ढंगले अमेरिका प्रवेश गरेको सूचना पाएपछि त्यहाँको अध्यागमनले उनीहरुलाई पक्राउ गरेको थियो। अमेरिका प्रवेश गरेपछि उनीहरुले आफ्नो राहदानी लगायतका आवश्यक कागजात फालेका थिए ।  अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us