
काठमाण्डु, २४ चैत– भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वरमा सजिएको गीत ‘निशब्द’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् भने अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टिका दाहालले संगीतवद्द गरेका हुन्। राहुल प्रधानको गीतमा संगीत संयोजन रहेको छ।
म्युजिक भिडियोमा स्वयम् गायिका सुरक्षा सेन्चुरी र नायक आकाश श्रेष्ठ फिचर्ड छन्।
बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका सेन्चुरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।