पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइयो

काठमाण्डु टुडे २०७८ चैत २२ गते १५:१८ मा प्रकाशित

काठमाण्डु, २२ चैत– कलाकार पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइएको छ।

नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

उनका अनुसार शाहलाई मंगलबार बिहान नवलपुर पठाइएको हो।

सोमबार नवलपुर जिल्ला अदालतबाट आएको थुनछेक बहस प्रयोजनको लागि उपस्थित गराइदिनु भन्ने पत्र अनुसार शाहलाई नवलपुर पठाइएको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us