पूर्ख्यौली घरमा बिहे गर्दै रणवीर र आलिया

काठमाण्डु टुडे २०७८ चैत २० गते १३:०० मा प्रकाशित

काठमाण्डु, २० चैत– बलिउड सुपरस्टार जोडी रणवीर कपुर र आलिया भट्टको विवाहको चर्चा लामो समयदेखि चलिरहेको छ । भारतीय मिडियाका अनुसार दुवै जना यही अप्रिलमा विवाह बन्धनमा बाँधिने भएका छन् । दुवैले आफ्नो व्यक्तिगत जीवनलाई लाइमलाइटबाट टाढा राखिरहेका छन् ।

रिपोर्टका अनुसार आलिया र रणवीरको विवाह मुम्बईमा हुने भएको छ । रणवीर आफैंले आफ्नो पुर्ख्यौली घर आरके हाउसको विवाह स्थल फाइनल गरेका छन् ।

उनका आमाबाबु ऋषि कपूर र नीतु कपूरको विवाह २० जनवरी १९८० मा आरके हाउसमा भएको थियो। त्यसैले रणवीर पनि आफ्नी प्रेमिका आलियासँग चेम्बुरको घरमा विवाह गर्न चाहन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us