काठमाण्डु, १९ चैत– नेपालमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा
पीसीआर परीक्षणबाट १० जना र एन्टिजेन परीक्षणबाट १ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५१ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि ९० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल ९ हजार ४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।