साँच्चै इमान्दारिताका साथ लागे देश बनाउन धेरै समय लाग्दो रहेनछः प्रचण्ड

काठमाण्डु टुडे २०७८ चैत १६ गते १३:०२ मा प्रकाशित

काठमाण्डु, १६ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश तीब्र विद्युतीकरणमा गएको बताएका छन् । लोडसेडिङको चरम मारमा रहेको मुलुक अहिले धेरै विद्युत हुने र विदेशसम्म बेच्न मिल्ने अवस्था आइसकेको उनको भनाइ थियो ।

‘लोडसेडिङमुक्त देशमात्रै होइन्, अब त विद्युत सरप्लस १ धेरै विद्युत हुने र विदेशसम्म बेच्न मिल्ने अवस्थासम्म देश आइपुग्यो,’ गृहजिल्ला चितवनमा एक नवनिर्मित सब स्टेसनको उद्घाटन गर्दै प्रचण्डले भने,‘अब हामी यातायात पनि विद्युतबाटै, चुलोचौको पनि विद्युतबाटै, सिँचाइ पनि विद्युतैबाट र सबैचिज विद्युतबाट गर्नेतिर यो देश अगाडि बढ्दैछ ।’ सो कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ पनि उपस्थित थिए ।

अध्यक्ष प्रचण्डले इमान्दारिता र दृढताका साथ काम गरे देश बनाउन समय नलाग्ने बताए । ‘साँच्चै इमान्दारिताका साथ दृढताका साथ उपाय खोजेर बनाउन लागे देश बनाउन धेरै समय लाग्दो रहेनछ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us