प्राधिकरणले ३८ रूपैयाँमा भारतसँग बिजुली किन्ने

काठमाण्डु टुडे २०७८ चैत १० गते १३:५४ मा प्रकाशित

काठमाण्डु, १० चैत– नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका हुन् ।

उनले भने, ‘आजैदेखि भारु २० अर्थात ३८ रुपैयाँ नेपालीमा विद्युत खरिद गर्न प्रतिष्पर्धामा भाग लिँदैछ ।’

यसअघि प्रतियुनिट भारु ७ मा नेपालले भारतसँग बिजुली खरिद गर्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us