पलको बयानः म कमल खत्रीसँग सुतेको हो, पछि महिनावारी रोकिएको मेसेज आयो

काठमाण्डु टुडे २०७८ चैत १० गते ११:५१ मा प्रकाशित

काठमाण्डु, १० चैत– बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहले पीडित किशोरीसँग चिनजान भएपछि कुराकानी हुने गरेको र व्यवसायिक कामका सिलसिलामा भेट भइरहने गरेको बयान दिएका छन् ।

उनले भने, ‘काठमाडौं साँखुमा भेट, चिनजान भई फोन नम्बर आदान प्रदान गरी हामीहरूबीच फोन तथा सामाजिक सञ्जाल म्यासेन्जरमा कुरा हुने र म्युजिक भिडियो सुटिङ गर्ने क्रममा हामीहरू विभिन्न स्थानमा गई बस्ने गरेका थियौं’, पलको बयानमा भनिएको छ । २०७८ वैशाख १४ गते तनहुँको दुलेगौंडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठामा रात बसेको उनले बताएका छन् । राति अबेरसम्म बियर खाँदै पीडित र आफूबीच म्यासेज आदान प्रदान भएको उनको भनाइ छ ।

सोही क्रममा राति पौने १२ बजेतिर बाँकी रहेको बोतलको बियर लिएर पीडित सुतेको कोठामा गई उनलाई बियर खान दिएर फर्किएको उनको भनाइ छ । त्यसपछि फेसवास लिएर आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको उनले बयान दिएका छन् । तर, पीडित नाबालिकाले २०७८ सालको जेष्ठ महिनाको अन्तिमतिर आफूलाई फोन गरी महिनावारी रोकिएको बताएको उनको भनाइ छ ।

‘तपाइँले मलाई स्वीकार्नुपर्छ’ भन्ने समेतको शब्दहरू म्यासेजमा मलाई प्रेषित गरेको उनको बयानमा उल्लेख छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us