पल प्रकरणमा दुर्गेश थापाको यस्तो बयान

काठमाण्डु टुडे २०७८ चैत १० गते ११:३७ मा प्रकाशित

काठमाण्डु, १० चैत– कलाकार पल शाह एक किशोरी बलात्कार प्रकरणमा मुछिएको विषयमा गायक दुर्गेश थापाले पनि बयान दिएका छन् । बयानमा शाहले किशोरीमाथि बलात्कार गरेको सुन्नमा आएकाले पीडितलाई न्यायको लागि अघि बढ्न सुझाव दिएको बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगमा पत्रअनुसार दुर्गेशले काठमाडौंको अनामनगरमा आफूहरु भेला भएर पीडितलाई कानुनी प्रक्रियामा अघि बढ्न सुझाव दिएको बयान दिएका हुन् ।

‘मिति २०७८।०१।१४ गते राति प्रदिप थापाको घर बास बसेको अवस्थामा प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले पीडित नाबालिकालाई विवाह गर्ने आश्वासन देखाई जबर्जस्ती करणी गरेको भन्ने कुरा थाहा हुन आएकोले मिति २०७८।०३।२३ गते काठमाडौं अनामनगरमा हामी भेला जम्मा भई पीडितलाई न्यायको अगाडि बढ्न सुझाव दिएका हौँ’, बयानमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us