गीतकार दर्पण राई पक्राउ, ४८ लाखभन्दा धेरै ठगीको आरोप

काठमाण्डु टुडे २०७८ चैत ९ गते १७:३६ मा प्रकाशित

काठमाण्डु, ९ चैत– ४८ लाखभन्दा बढी रकम ठगीको आरोपमा गीतकार दर्पण राई पक्राउ परेका छन् ।

उनलाई भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेर महाराजगन्ज वृत्तमा पुर्‍याइएको छ । उनीमाथि ४८ लाख रुपैयाँको चेक बाउन्सको उजुरी परेको थियो ।राईको ‘तिम्ले बाटो फेर्‍यौ अरे’ भाग एक र भाग दुई गीत चर्चित छन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा पाँच महिनाअघि बर्सु गुरुङले १३ लाख रुपैयाँको चेक बाउन्सको उजुरी हालेका थिए । त्यस्तै डेढ महिनाअघि छेवाङ लामाले ३५ लाख रूपैयाँको चेक बाउन्सको उजुरी हालेका थिए ।

राईले दिएको चेक नसाटिएपछि दुवै पीडित प्रहरीसमक्ष पुगेका थिए ।उजुरी परेपछि फरार राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us