
काठमाण्डु, ९ चैत– बुधबार सुनको मूल्य तोलामा ११ सय र चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मंगलबार एक लाख तीन सय रुपैयाँ प्रतितोलामा छापावल र ९९ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
आज चाँदीको कारोबार मूल्य १३ सय ७० रुपैयाँ तोकिएको छ ।