पल शाहको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

काठमाण्डु टुडे २०७८ चैत ७ गते १७:०७ मा प्रकाशित

काठमाण्डु, ७ चैत– कलाकार पल शाह संलग्न जबरजस्ती करणी सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले बताए । तनहुँ प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । नाबालिग बलात्कारबारे शाहले इन्कारी बयान दिएका छन् । सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि थुनछेक बहस हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us