काठमाण्डु, ७ चैत– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायलयलाई आफ्नो दबावमा राख्न प्रधानन्यायाधीश चोलेन्द्र राणाविरुद्ध महाअभियोग दर्ता गरेको दाबी गरेका छन् ।
सोमबार एमालेको पोलिटब्युरो बैठकमा बोल्दै राणाविरुद्ध महाअभियोग दर्ता गर्नु एमालेका १४ सांसदलाई गरेको कारबाही सर्वोच्चबाट बदर हुने डरमा भएको दाबी गरे।
‘भोलिपल्ट १४ जनाको मुद्दा सुनुवाइमा छ। भोलिपल्ट पेसीमा मुद्दा छ भनेपछि अघिल्लो दिन गठबन्धनले महाअभियोग हतार हतारमा दर्ता गरायो’ उनले भने।
‘महाअभियोग नलगाउने हो भने हामी मुद्दा हाछौं भन्ने मानसिकताले यस्तो गरेको’ उनको भनाइ थियो।
‘सत्ताधारी गठबन्धनले न्यायलयलाई आफ्नो दवाबमा राख्न यो दर्ता भएको हो’ उनले भने ‘हामी व्यक्ति विशेषको विरोध र पक्षपोषणमा रुचि राख्दैनौं तर, न्यायलय अमर्यादित नहोस् अनि स्वच्छ होस् भन्ने पक्षमा रहेका छौं।