आगामी आबको बजेटमा कृषिलाई पहिलो प्राथमिकताः अर्थमन्त्री शर्मा

काठमाण्डु टुडे २०७८ चैत ७ गते १२:५१ मा प्रकाशित

रुकुम, ७ चैत– आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाइने जानकारी दिएका हुन्।

‘आगामी आबको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकततामा राख्ने गरी छलफल अगाडि बढाएका छौं,’ उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषिक्षेत्रले धेरै मद्दत गर्ने विश्वास छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us