बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ चैत ७ गते ११:११ मा प्रकाशित

काठमाण्डु, ७ चैत–  सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको थियो । आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने स्थिर छ ।चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमै कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us