नेप्से बन्द भएको कुरा गम्भीर हो, अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्ः अर्थमन्त्री शर्मा

काठमाण्डु टुडे २०७८ चैत ६ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, ६ चैत– गत फागुन ३० गते सेयर बजार खुलेको २ घण्टामै कारोबार रोकिनु सामान्य विषय नभएको बताएका छन् । शनिबार अर्थमन्त्रालयमा भएको विकास समस्या समाधान समितिको बैठकमा सेयर कारोबार रोक्नु गम्भीर भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले तत्काल छानबिन गर्न निर्देशन दिएका हुन्।

‘केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर हो । यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्,’ उनले भने, ‘यो प्राविधिक विषय मात्र होइन जस्तो लाग्छ। यसले समग्र पुँजी बजारलाई नै असर गरेको छ।’ सोमबार १२ः५३ बजेदेखि नेप्सेको कारोबार रोकिएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us