आइतबार ओरालो लाग्यो सुनचाँदीको मूल्य

काठमाण्डु टुडे २०७८ चैत ६ गते १३:३६ मा प्रकाशित

काठमाण्डु, ६ चैत– साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै बजार भाउ ६०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य ९९ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ८०० र तेजाबी सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । गत साताको शुक्रबार १३ सय ८५ रुपैयाँ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us