प्रकाश सपुतले गरे ‘पीर’को नयाँ भिडिओ अपलोड

काठमाण्डु टुडे २०७८ चैत ६ गते ११:२५ मा प्रकाशित

काठमाण्डु, ६ चैत– गायक प्रकाश सपुतले अहिले चर्चामा रहेको गीत ‘पीर’ युट्युबबाट हटाएर नयाँ अपलोड गरेका छन्।

नयाँ अपलोड गरिएको भिडिओमा यौनकर्मीको दृश्य हटाइएको छ।

गायक प्रकाश सपुतले ुपीरु गीतमा माओवादी विद्रोहपछि माओवादी कार्यकर्ता तथा नेतामा आएको परिवर्तनलाई देखाएका थिए।

गीतको चर्चा यति भएको थियो कि माओवादी कार्यकर्ता तथा नेताहरूले यसलाई हटाउन दबाब दिएका थिए।

युट्युबमा भिडिओ १ करोड पटक हेरिएको थियो। युट्युबमा यौनकर्मीको दृश्य काटेर नयाँ अपलोड गरेपछि सपुतले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन् ‘कहिलेकाहीँ त लाग्छ ‘कहिलेकाहीँ त लाग्छ – भयो अब! पुग्यो। I’m done !

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us