ज्ञानेन्द्रले नयाँ वर्ष झापामा मनाउने

काठमाण्डु टुडे २०७८ चैत ६ गते ७:४० मा प्रकाशित

काठमाण्डु, ६ चैत– पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन् । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो  ।

उनको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ । निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी  कोमल भने ११ गते शुक्रबार दिउँसो हवाईमार्गबाट झापा जाने कार्यक्रम तय भएको छ । झापामा केही दिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमण गर्नेसमेत कार्यक्रम रहेको स्रोतको भनाइ छ ।

यद्यपि, अहिलेसम्म भने कुनै कार्यक्रम तय भइनसकेको स्रोतले बतायो । कोरोना महामारीका कारण लामो समय निर्मल निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रको परिवार लामो बसाइका लागि झापा जान लागेका हुन् । ज्ञानेन्द्रसँग केही कर्मचारी र निजी सचिव सागर तिमल्सिना जाने कार्यक्रम छ ।

यसअघि झापा भ्रमणको क्रममा ज्ञानेन्द्र र कोमल भारतको सिलगुढी पुगेका थिए । झापामा केही दिन बसाइपछि आफन्तसँग नयाँ वर्ष मनाउने कार्यक्रम रहेको छ । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us