
काठमाण्डु, २ चैत– नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदर्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन ।
भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको छ । यससँगै आगामी १५ दिनमा करीब ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।