प्रविधिमा समस्या देखिएपछि रोकियो सेयर कारोबार

काठमाण्डु टुडे २०७८ फागुन ३० गते १४:३७ मा प्रकाशित

काठमाण्डु, ३० फागुन–  सोमबार दुई घण्टा पनि नचली सेयर कारोबार रोकिएको छ । कारोबार प्रणालीमा समस्या आएपछि १२ बजेर ५३ मिनेटदेखि एउटा पनि सेयर किनबेच हुन नसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा देखिएको समस्याका कारण कारोबार रोकिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us