झन्डै १३ अर्बको धान आयात

रासस २०७८ फागुन २८ गते १७:३१ मा प्रकाशित

काठमाण्डु, २८ फागुन–  चालू आर्थिक वर्षको पहिलो सात महिनामा रु १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ ।  सो अवधिमा बङ्गलादेशबाट रु १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट रु तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ ।

 केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us