काठमाडौंको मेयर बन्ने राजेश हमालको इच्छा

काठमाण्डु टुडे २०७८ फागुन २६ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, २६ फागुन– अभिनेता राजेश हमालले काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेका छन्।
महानगर नेतृत्वमा आउनेहरुले भाषणमा शहरलाई व्यवस्थित र नमूना बनाउने भने पनि व्यवहारमा भने काम नगरेको टिप्पणी गर्दै हमालले शहर सुन्दर बनाउन एकपटक आफूले मेयर बन्दा ठिक हुन्छ भन्ने लागेको उल्लेख गरेका छन्।

‘शहरलाई ब्युटीफाई गर्ने भन्ने कुरामा कसैको ध्यान गएन। भाषणमा भनिरहेका हुन्छन्। प्राक्टिकल्ली गर्न, सोंच नपुगेर हो कि ढंग नपुगेर हो रु’ उनले जिज्ञाशा राख्दै भनेका छन्, ‘एकचोटी काठमाडौं शहरको मेयर बन्नुपर्छ कि के हो ? आखिर प्रयास नै सफलता हो।’

यसअघि र्‍यापर तथा इन्जिनियर बालन शाहले काठमाडौंको मेयरमा उठ्ने घोषणा गरिसकेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us