लगातार उकालो लागेको सुनको मूल्य ३५ सयले घट्यो

काठमाण्डु टुडे २०७८ फागुन २६ गते ११:४४ मा प्रकाशित

काठमाण्डु, २६ फागुन–  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार पाँच सयले घटेर एक लाख दुई हजारमा आएको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख पाँच हजार पाँच सयमा कारोबार भएको थियोे ।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार पाँच सय तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला एक लाख पाँच हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५  ले घटेर एक हजार ४०५ पुगेको महासङ्घले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us