
काठमाण्डु, २५ फागुन– नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ ।यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन ।
मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ ।