पल शाहलाई अनुसन्धानका लागि गैंडाकोट लगियो

काठमाण्डु टुडे २०७८ फागुन २४ गते १५:३६ मा प्रकाशित

काठमाण्डु, २४ फागुन– एक नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ ।

जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीले जाहेरी दिएका कारण शाहलाई मंगलबार गैंडाकोट पुर्‍याइएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us