
काठमाण्डु, २२ फागुन– नेपाली बजारमा करिब डेढ वर्षपछि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ भन्दामाथि पुगेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ थियो ।
आइतबार तोलामा २००० रुपैयाँले बढ्दै करिब डेढ वर्षयता पहिलोपटक एक लाख रुपैयाँभन्दा माथि पुगेको हो ।
यसअघि, गत वर्ष २०७७ साल भदौ ३ गते सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ पुगेको थियो । त्यसयता निरन्तर घट्दै उक्त मूल्यमा पुगेको थिएन ।