
काठमाण्डु, २२ फागुन– २०७४मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो ।
प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति खर्चियो । तर उसले आफ्नो पक्षमा जनमत पार्न सकेन । काँग्रेसले उपनिर्वाचनमा पनि हार बेहोर्यो ।
यी हारको कारण काँग्रेसले भन्योुपार्टीभित्रकै अन्तरघात । त्यसो त जितमा पनि काँग्रेसले पार्टीभित्र अन्तरघात भएको भनेर नकार्न सक्दैन । फलत: जिल्लामा भएका निर्वाचनको जुनसुकै परिणामलाई काँग्रेसले पार्टीको अन्तरघातसँग जोडेर विश्लेषण गर्दै आएको छ । हार वा जित दुवैमा अन्तरघात जोड्ने गरेको काँग्रेसको बुझाइ छ, अन्तरघात हारको प्रमुख कारण हो, अनि जित पनि अन्तरघात हुँदाहुँदै भएको हो ।
पहिलो संविधानसभा निर्वाचनमा जिल्लामा माओवादी एकछत्र विजयी हुनुको प्रमुख कारण काँग्रेसले आफूभित्रको अन्तरघातलाई अर्थ्यायो । पार्टीकै नेता तथा कार्यकर्ताको चरम अन्तरघातका कारण पहिलो संविधानसभा निर्वाचनमा हार बेहोरेको विश्लेषण गरेका काँग्रेसीजनले पछिल्लो संविधानसभा निर्वाचन २०७० मा अन्तरघात हुँदाहुँदै जित निकालेको विश्लेषण गरे ।
स्थानीय तह निर्वाचन परिणामसँगै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बेहोर्नुपरेको हारलाई पनि काँग्रेसले पार्टीभित्रकै अन्तरघातसँग जोडेर हेन्यो । प्रदेशसभा उपनिर्वाचनमा पनि हारको कारण अन्तरघात नै भएको निष्कर्ष उसले निकाल्यो । आगामी स्थानीय तहको निर्वाचनमा पनि अन्तरघात दोहिरन सक्ने भयले काँग्रेस नेता र कार्यकर्ता चिन्तित हुन थालेका छन् । उसले सांगठनिक कमजोरीलाई हारको कारण मान्दैन । नागरिक दैनिकबाट