माओवादीको शुक्रबारको बैठक सकियो, अर्को बैठक आइतबार बस्ने

काठमाण्डु टुडे २०७८ फागुन २० गते १७:४२ मा प्रकाशित

काठमाण्डु, २० फागुन– नेकपा माओवादी केन्द्रको शुक्रबारको बैठक सकिएको छ। अर्को बैठक पर्सि आइतबार बस्ने नेता देव गुरुङले जानकारी दिए। भोलि गृहकार्य गरिने उनको भनाइ छ।

आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए। प्रचण्डले एमसीसी लगायत पछिल्ला घटनाक्रमका बारेमा ब्रिफिङ गरेका थिए। त्यसपछि श्रेष्ठले एमसीसीमै केन्द्रित भएर धारणा राखेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us