आज सुनको मूल्य तोलाको ९९ हजार ९०० रुपैयाँ

काठमाण्डु टुडे २०७८ फागुन २० गते ११:०४ मा प्रकाशित

काठमाण्डु, २० फागुन– आज शुक्रबार सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us