पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर पाँच रुपैयाँले वृद्धि

काठमाण्डु टुडे २०७८ फागुन २० गते ७:३४ मा प्रकाशित

काठमाण्डु, २० फागुन– नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ बढाएको छ ।

निगम सञ्चालक समिति बैठकले वृद्धि गरेको नयाँ मूल्य आजदेखि लागू भएको छ । योसँगै अब पेट्रोल र डिजेलको मूल्य प्रतिलटिर १ सय ५० रुपैयाँ र मट्टितेलको मूल्य १ सय ३३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको निगमले जनाएको छ । मूल्य बढे पनि पेट्रोलमा ११ रूपैँया २८ पैसा र डिजेलमा ११ रूपैँया ७८ पैसा घाटा रहेको निगमले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us