
काठमाण्डु, १९ फागुन– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको बताएको छ ।
स्थानीय तह निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि आयोगलाई अर्थमन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् ।
मतदातासम्बन्धी विवाददेखि त्रुटि सच्याउनेसम्मका कार्य २० देखि २६ फागुनसम्म चल्ने जानकारी दिएको आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको जनाएको हो ।