
काठमाण्डु, १९ फागुन– सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले घटे्को छ । बुधबार भने सुनको मुल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको थियो ।
आज (बिहीबार) छापावाल सुनको मुल्य तोलामा ९९ हजार रुपैयाँ कायम छ भने तेजावी सुनको मुल्य ९८ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा ९९ हजार पाँच सय र तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ पुगेको छ ।