बुधबार उकालो लाग्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ फागुन १८ गते १०:५९ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ । आज एकै दिन तोलामा १९ सय रुपैयाँले बढ्दै सुनको भाउ करिब १ लाख नजिक पुगेको हो । महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ थियो । रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो । सुनसँगै पेट्रोलियम पदार्थको मूल्य समेत निरन्तर उकालो गतिमा छ ।

आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ । हिजो मंगलबार तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us