व्याख्यात्मक टिप्पणीबारे प्रचण्डः कानूनका ज्ञाताले सम्झाएपछि छ्याङ्ग भए

काठमाण्डु टुडे २०७८ फागुन १६ गते १६:२४ मा प्रकाशित

काठमाण्डु, १६ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदबाट पारित गरिएको व्याख्यात्मक टिप्पणी अन्तर्राष्ट्रिय कानुन अनुसार एमसीसीको अंग बन्ने दावी गरेका छन् । यो विगतमा महाकाली सन्धिबारेको संकल्प प्रस्तावजस्तो हल्का नभएको उनले बताए ।

उनले आज पत्रकारसँग भने– ‘अन्तर्राष्ट्रिय कानूनका ज्ञाताहरुले मलाई यस्तो उपाय सुझाएपछि मलाई ‘इन्लाइटेन’ जस्तो भयो । भियना अभिसन्धीअनुसार यसो गर्न सकिने रहेछ । म छ्याङ्ग भएपछि पार्टीमा प्रस्ताव राखेको हुँ ।’

प्रचण्डले भने– ‘अर्को पक्षले यदि यसलाई मानेन भने स्वतः खारेज हुन्छ भन्नेमा हामी क्लीयर भएका छौं । त्यो त्यसको अंग बन्छ भन्ने भयो । केही साथीहरुले अमेरिकी दूतावासमा पनि कुरा गर्नुभयो । त्यताबाट पनि सकारात्मक संकेत आयो । त्यसैले हामी अगाडि बढ्यौं र संविधान र शान्ति प्रक्रिया जोगियो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us