नायक पल शाह प्रहरीको नियन्त्रणमा

काठमाण्डु टुडे २०७८ फागुन १५ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, १५ फागुन– जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।

शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आइतबार प्रहरीसामु आफैं उपस्थित हुने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us