
काठमाण्डु, १४ फागुन– पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।
प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।