शेरबहादुरजीले ब्ल्याङ्क चेक माग्नुभएको छः सचिव भट्टराई

काठमाण्डु टुडे २०७८ फागुन १२ गते १४:२५ मा प्रकाशित

कठमाण्डु, १२ फागुन– नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ‘ब्ल्याङ्क चेक’ मागेको बताएका छन् ।

संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले एमालेले उठाएका माग सम्बोधन नगरी सरकारलाई सहयोग गर्न नसकिने प्रष्ट पारेका हुन् ।

भट्टराईले भने – ‘प्रधानमन्त्रीजीले एमालेसँग ब्ल्याङ्क चेक माग्नुभएको छ । एमालेले ब्ल्याङ्क चेक दिदैन । ब्ल्याक एण्ड ह्वाइटमा सहमति हुनुपर्छ ।’

‘गुटका संकट पार्टीमा, पार्टीको संकट गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट बनाउने काम भएको छ । यो गठबन्धन भत्काउन हामी लागेको छैनौं तर भत्कनु मुलुकको हितमा हुनेछ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us