एमसिसी प्रकरणः प्रचण्डको जवाफ सुनेर देउवा निराश

काठमाण्डु टुडे २०७८ फागुन १२ गते ७:१३ मा प्रकाशित

काठमाण्डु, १२ फागुन– सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज ९एमसीसी० सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सक्रियता बढाएको छ । प्रधानमन्त्रीदेखि कांग्रेसका नेताहरूले सत्ता गठबन्धनभित्र र प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई तीव्रता दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनको निवासमै पुगेर एमसिसी पारित गर्न आग्रह गरेका थिए । तर, जवाफमा प्रचण्डले अहिलेकै अवस्थामा एमसिसी पारित गर्न आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सत्ता गठबन्धन जोगाउन एमसिसी टेबल गर्न सहमति भए पनि पारित गर्न आफ्नो पार्टीको समर्थन नहुने विषय अध्यक्षले स्पष्टसँग राखेको बताए ।

उनका अनुसार प्रचण्डले एमसिसी सम्झौतालाई संसदीय समितिमा पठाउनु पर्नेमा जोड दिएका थिए । तर, जवाफमा प्रधानमन्त्री देउवाले संसद्मै छलफल गरेर छिट्टै पारित गर्नुपर्नेमा धारणा राखेका थिए । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us