
काठमाण्डु, ११ फागुन– बुधबार सुनचाँदी नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार तोकिएको छ । जसको मूल्य मंगलबार प्रतितोला रु ९६ हजार ५०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।