कलाकार लामाको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाण्डु टुडे २०७८ फागुन ११ गते १२:१७ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us