खुल्यो नेष्डो समृद्ध लघुवित्तको आईपीओ

काठमाण्डु टुडे २०७८ फागुन ११ गते ११:३९ मा प्रकाशित

काठमाण्डु, ११ फागुन–  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि आज बुधबारदेखि खुला भएको हाे ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने आईपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us