नेपाल बैंकका कर्मचारी र ग्राहकलाई बी एण्ड बी अस्पतालमा विशेष छुट

काठमाण्डु टुडे २०७८ फागुन १० गते १८:०६ मा प्रकाशित

काठमाण्डु, १० फागुन– नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई काठमाडौैंको बि एण्ड बी हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बैंक र बी एण्ड बी अस्पतालबीच सम्झौता भएको हो ।

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट पाउने भएको हो । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्दा पनि १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us