दोहोरो अंकले बढ्यो नेप्से

काठमाण्डु टुडे २०७८ फागुन १० गते १६:०६ मा प्रकाशित

काठमाण्डु, १० फागुन– साताको तेस्रो दिन मंगलबार पनि सेयर कारोबार मापक नेप्से परिसुचक दोहोरो अंकले बढेको छ ।

नेप्से परिसुचक १७ दशमलव ४२ अंकले बढेर दुई हजार ७ सय ३५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि सोमबार पनि नेप्से परिसुचक दोहोरो अंकले नै उकालो लागेको थियो ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४. ३६ अंकले बढेको छ । नेप्से परिसुचकसँगै कारोबार रकम सोमबारको तुलनमा मंगलबार वृद्धि भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us