शुक्रबार पनि उकालो लाग्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ फागुन ६ गते १२:४८ मा प्रकाशित

काठमाण्डु, ६ फागुन– नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुनमा मूल्य प्रतितोला ४०० ले बढेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १०० मा कारोबार भएको थियो।

महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ६ हजार कायम भएको छ। यसको मूल्य बिहीबार प्रतितोला ९५ हजार ६०० तोकिएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार ३०५ कायम भएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us