किरणको ‘अन्तिम इच्छा’मा पूजा शर्मा

काठमाण्डु टुडे २०७८ फागुन ५ गते १६:३५ मा प्रकाशित

काठमाण्डु, ५ फागुन– शास्त्रीय गायनका प्रशिक्षक किरण पुन्जले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ुअन्तिम इच्छाु सार्वजनिक गरेका छन्। करिव १२ वर्ष पछि यहि गीत मार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन गरेका हुन्।

सेण्टिमेण्टल भर्सनको यस गीतमा गायक पुन्जका साथी राजेन्द्र वाइबाको शब्द, संगीत र संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा नायिका पूजा शर्मा र नायक पुष्प खड्का फिचर्ड छन्।

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा तयार पारिएको यस भिडियोलाई ुओएसआर डिजिटलु नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

https://www.youtube.com/watch?v=vTutmtfE8Eg&authuser=0

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us