ऊर्जामन्त्री भुसाल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

काठमाण्डु टुडे २०७८ फागुन ५ गते १५:२६ मा प्रकाशित

काठमाण्डु, ५ फागुन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ। मन्त्रालयमा बिहीबार भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको हो ।

सो अवसरमा मन्त्री भुसालले नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिजमको प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको बताइन्। भेटमा मन्त्री भुसालले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी थिइन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us